काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले जनताले यसपटक मत खन्याएकोले शतप्रतिशत नतिजा दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यमा जितेपछि शपथको लागि संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले जिम्मेवार भएर अगाडि बढ्ने बताए ।
‘विश्वमा संसदीय राजनीतिक सात सय वर्ष पुरानो छ । तर, हाम्रो संसदीय राजनीति पुरानो भएको छैन । केबल ६६ वर्ष मात्रै पुरानो छ । विश्वको भूराजनीति, अर्थतन्त्रका बीच ६६ वर्षको यो यात्रालाई यो कार्यकालले अर्को दुई–चार दशकको कार्यकालमा पुर्याउनुपर्छ,’ झाले भने, ‘म्याराथनको स्पिडमा जानुपर्छ । हन्ड्रेड स्पिड अबको आवश्यकता हो । सुविधानजनक मत र मन हामीलाई जनताले दिनुभएको छ । खन्याएरै मत दिनुभएको छ । यसले हामीलाई थप जिम्मेवार बनाएको छ ।’


प्रतिक्रिया