काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण सिंहदरबारमा सम्पन्न भएकाे छ ।
प्रतिनिधिसभाका ७८ वर्षीय ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार दिउँसो शपथग्रहण कार्यक्रम सम्पन्न भएको हाे । ज्येष्ठ सदस्य केसीले बुधबार नै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका थिए ।
सङ्घीय संसद् सचिवालयका अनुसार यस पटक ५४ जना सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिएका छन् । जसमा मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारू लगायतका भाषाहरू रहेका छन् ।


प्रतिक्रिया