बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ



काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए । उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो ।