नर्स निशा मेहता बनिन् स्वास्थ्य मन्त्री

नर्स निशा मेहता बनिन् स्वास्थ्य मन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा निशा मेहता नियुक्त भएकी छन् । नवनियुक्त मन्त्री मेहताले आजै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रीको पद तथा गोपनियताको शपथ लिएकी छन् ।

पेसाले नर्स रहेकी मेहता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

२०४४ साउन २२ गते इनरुवामा जन्मिएकी मेहताले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन् ।

संसदीय यात्रामा लागेपछि उनले उक्त अस्पतालबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्री बालेन्द्र शाहले आज उनीसहित १५ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।