काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै उठाएर साथमा लगेको हो ।
भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको गोलीकान्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दोषी ठहर गरिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गरेको हो ।
शुक्रबार बनेको बालेन नेतृत्वको सरकारले तत्कालै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया