काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले माग गरेको छ ।
अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ । ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।
जरुरी पक्राउ पुर्जीको समर्थनको निवेदन र १० दिन म्याद थप गरी अनुसन्धान गर्नुपर्ने भनी आजै जिल्ला अदालत काठमाडौंमा आज दुईवटा निवेदन परेको थियो ।


प्रतिक्रिया