काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौं–३ बाट उम्मेदवार थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेसँग पराजित भएका थिए ।
उनी काठमाडौं–३ बाट उम्मेदवार भई पराजित भएका थिए । उनले चुनावमा १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन् ।
आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत गरेको उनले बताएका छन् ।


प्रतिक्रिया