एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा

एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा



काठमाडौं । फरवार्ड अञ्जन विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गतको अन्तिम खेल खेल्ने नेपाली टोली घोषणा गरिएकाे छ ।

उनले टोली लाओस पुगेसँगै आइतबार बिहान अन्तिम टोलीको सूची अखिल नेपाल फुटबल संघ (एन्फा)को सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएका हुन् ।

नेपालले अन्तिम खेल मंगलबार लाओसविरुद्ध खेल्दैछ । यो खेल नेपालको घरेलु मैदानमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो । तर, उक्त खेल लाओस नै सारिएको हो । यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २६ मार्चमा हङकङविरुद्ध हुने तय भएको मैत्रीपूर्ण खेल पनि रद्द भएको थियो ।