काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ज्ञापनपत्र बुझाउन जाने क्रममा धेरै जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ ।
एमालेको प्रदर्शनका कारण काठमाडौंको माइ
तीघर–बबरमहल सडकमा अवरोध भएको छ । माइतीघर मण्डलाबाट नाराबाजी गर्दै बानेश्वरतर्फ हिँडेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा रोकेको छ । काठमाडौंको प्रदर्शनमा केन्द्रीय तहका नेताहरू पनि सहभागी छन् ।


प्रतिक्रिया