धनगढी । नेकपा (एमाले) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा कञ्चनपुरमा दुवै दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
राजनीतिक रूपमा फरक कित्तामा रहे पनि आफ्ना शीर्ष नेताहरूको पक्राउलाई नियोजित र अलोकतान्त्रिक कदम ठहर्याउँदै नेपाली कांग्रेस र नेकपा एमाले कञ्चनपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका दुवै दलका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै नेताद्वयको तत्काल र ससम्मान रिहाइको माग गरेका छन् । विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको आरोप लगाइएको छ ।


प्रतिक्रिया