बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप

बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेको एमाले कार्यकर्ता र प्रहरीबीच बबलमहल क्षेत्रमा झडप भएको हो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरिरहेको छ ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र पनि बुझाएका छन् ।