काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँचदिन म्याद थपको अनुमति दिँदै उक्त आदेश दिएको हो । आदेशमा भनिएकाे छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ ।”
ओलीलाई शनिबार भक्तपुर गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनी पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका हुन् । आज अदालतमा ‘भर्चुअल’ रूपमा उपस्थियित जनाएका थिए ।


प्रतिक्रिया