आईपीएलमा आज मुम्बई र काेलकाता खेल्दै

आईपीएलमा आज मुम्बई र काेलकाता खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ३५ पटक भेट भएकोमा मुम्बई २४ र कोलकाता ११ खेलमा विजयी भएका छन् । अहिलेसम्म मुम्बईले ५ पटक र कोलकाताले ३ पटक उपाधि जितेका छन् ।

यद्दपि मुम्बईले पछिल्लो १३ वर्षयता प्रतियोगितामा आफ्नो पहिलो खेल जित्न सकेको छैन । मुम्बईले पछिल्लो पटक सन् २०१२ मा जितका साथ प्रतियोगिताको शुरुआत गरेको थियो ।

१९औँ संस्करणको आईपीएल हिजोदेखि शुरू भएको हो । प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।