काठमाडौं । अहिले कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै काठमाडौंको सुन्दरीजलमा १३ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका पहाडी क्षेत्रका थोरै ठाउमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । त्यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
आज पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरु तथा मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका एक/दुई ठाउँमा दिउँसोपछि मेघगर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजभन्दा भोलि तुलनात्मकरुपमा अलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


प्रतिक्रिया