काठमाडौं । चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स आज (चैत १६) आईपीएल २०२६ मा भिड्दै छन् । खेलमा दुवै टोली सुखद सुरुआतको खोजीमा छन् ।
चेन्नाई आईपीएलको पाँचपटकको विजेता हो । यस वर्ष रुतुराज गाइक्वाडको कप्तानीमा मैदान उत्रन लागेको चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा आईपीएलको उपाधि जितेको थियो ।
राजस्थानले भने एकपटक मात्र आईपीएल जितेको छ । सन् २००८ मा सम्पन्न पहिलो संस्करण जित्दै यो टोलीले विजेता सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाएको थियो । यस वर्ष रायन पारागको कप्तानीमा मैदान उत्रनेछ ।
यी दुईबीचको खेल भारतको गुवातीस्थित वार्स्पारा क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजे हुनेछ ।
प्रतियोगिताअन्तर्गत हिजो सम्पन्न खेलमा पाँचपटकको विजेता मुम्बई इन्डियन्सले तीनपटकको विजेता कोलकाता नाइट राईडर्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।


प्रतिक्रिया