काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पक्राउ गरेका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगमा अनुसन्धान सुरु भएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा काठमाडौँको बुढानीलकण्ठस्थित खड्का निवासमा ठुलो मात्रामा रकम फेला परेको थियो । उक्त घटनाबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको थियो ।
सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा पक्राउ गरी बुझाइएको बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता जितेन्द्र अधिकारीले खड्काबारे सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया