काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् ।
सोमबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदहरूसँग छलफलमा जुटेको बालेनको सचिवालयले जनाएको छ ।
“कोसी र कर्णाली प्रदेशका सबै दलबाट निर्वाचित सांसदसँग प्रधानमन्त्रीको छलफल चलिरहेको छ । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ,” सचिवालय स्रोतले भन्यो ।
प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री शाहको छ ।
आज मध्यान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।


प्रतिक्रिया