काठमाडौं । सुर्खेतको सरकारी वकिल कार्यालयअगाडि इनिशा विक मृत्यु प्रकरणमा मुछिएका तीन किशोरका आफन्तले धर्ना दिएका छन् । निर्दोषलाई सजाय नभई न्याय चाहिने बताउँदै उनीहरूले धर्ना दिएका हुन् ।
न्यायालयलाई प्रभावित गर्नेलाई कारबाही हुनुपर्ने माग उनीहरूकाे छ । प्रहरीकाे अनुसन्धान एकातिर सरकारी वकिल कार्यालयकाे अभियाेग अर्काेतिर पारेर निर्दाेषलाई फसाउन खाेजिएकाे दाबी उनीहरूकाे छ ।


प्रतिक्रिया