अर्थ मन्त्रालयबाट एकै पटक ३० उपसचिव सरुवा

अर्थ मन्त्रालयबाट एकै पटक ३० उपसचिव सरुवा



काठमाडौं । अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्ले आएसँगै एकै पटक ३० उपसचिव सरुवा गरिएको हो ।

हाल मन्त्रालयमै कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, विभिन्न प्रदेश तथा जिल्लास्थित भन्सार कार्यालय, विभाग, आन्तरिक राजस्व कार्यालयसहित मातहतका निकायहरूमा सरुवा गरेको हो ।

उपसचिव गोपाल प्रसाद भट्टराई, शर्मिला सुवेदी र माया पन्थीलाई भन्सार विभाग सरुवा गरिएको छ । यसैगरी उपसचिव केशव रघुवंशीलाई आन्तरिक राजस्व विभाग र हरिप्रसाद भण्डारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सरुवा गरिएको छ ।

यसैगरी उपसचिव जागेश्वर शर्मालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको छ भने इश्वरी खत्री र बामदेव पन्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।