सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याललाई पक्राउ गरेको छ। उनलाई शेयरसम्बन्धी ठगी प्रकरणमा पक्राउ गरिएको हो ।

सिआइबीका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार उक्त कम्पनीले सोही संस्थामा कार्यरत कर्मचारीहरूलाई छुट्याइएको शेयर बाँडफाँडसम्बन्धी विवरण नियामक निकायमा पेश गर्दा फरक–फरक विवरण पेश गरेको पाइएको छ । यस क्रममा पेश गरिएका आवेदन फाराम तथा प्रतिलिपिहरूमा समेत असमानता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अर्याल गुल्मी जिल्लाको दरबार गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका छन् । ५१ वर्षीय अर्याललाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई पुतलीसडकबाट पक्राउ गरिएको हो ।