काठमाडौं । नेकपा एमालेले सर्वपक्षीय नागरिक संवादका लागि तीन नेतालाई जिम्मेवारी दिएको छ ।
आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादको जिम्मेवारी दिएको महासचिव शंकर पोखरेलले बताए ।
एमालेले रास्वपाका वरिष्ठ नेता बालन शाह नेतृत्वको सरकार गठन भए लगत्तै थालिएको धरपकडले राज्य आतङ्कतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।
सरकारबाट भएको दमनको प्रतिवाद गर्नको लागि सबै राजनीतिक दल, संघ/संगठन र नागरिक समाजलाई समेत आह्वान गरेको छ ।
संसदमा दलहरूसँग सहकार्यकाे जिम्मेवारी बादल र पद्मालाई
एमालेले संसदभित्र अन्य दलसँग सहकार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकेको छ ।
संसदीय दलको नेतालगायतको जिम्मेवारी तोकिनसकेको अहिलेको अवस्थामा अन्तरिम कालका लागि दुईजनालाई जिम्मेवारी दिइएको हो ।
महासचिव शंकर पोखरेलका अनुसार दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुतिका लागि थापा र अर्याललाई जिम्मेवारी दिइएको हो । साथै भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक डाकिएको छ ।


प्रतिक्रिया