काठमाडौं । नेपाल वायुसेवा (नेपाल एअरलाइन्स) निगमले काठमाडौं–दिल्ली–काठमाडौं उडान सेवा विस्तार गरेको छ ।
अहिले काठमाण्डौ–दिल्ली–काठमाडौं दैनिक एक उडान हुँदै आएकोमा अब हप्ताको तीन दिन उडान थप भएको निगमले जनाएको छ । यसअनुसार अब हप्तामा नियमित ७ सहित काठमाडौं–दिल्ली–काठमाण्डौ १० वटा उडान सञ्चालन हुनेछ ।
यात्रुको बढ्दो चाप र उडानको मागअनुसार हप्तामा तीन दिन उडान थप गरिएको निगमका सूचना अधिकारी देवेन्द्र पुनले जानकारी दिए । थप गरिएको उडान तालिकाअनुसार काठमाडौं–दिल्ली तथा दिल्ली–काठमाडौं मङ्गलवार, बिहीवार र शनिवार रहेको छ ।


प्रतिक्रिया