हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौं : पूर्णबहादुर खड्का

हाम्रा समानुपातिक उम्मेदवार हटाइए, अदालत गएका छौं : पूर्णबहादुर खड्का



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्काले आफ्नो समूहमाथि विशेष महाधिवेशन पक्षधरले अन्याय गरेको बताएका छन् ।

धुम्बाराहीमा बसेको संस्थापनइतर समूहको बैठकमा खड्काले विशेष महाधिवेशन पक्षधरबाट अन्याय गरिएको ब्रिफिङ गरेका हुन् ।

उनले भने, ‘हामीहरूमाथि अन्याय भएको छ । समानुपातिक सांसद चयनमा पनि बदमासी भएको छ । यसविरुद्ध हाम्रा उम्मेदवारहरू कोर्टमा जानुभएको छ ।’ उनले अदालतबाट आफूहरूमाथि न्याय हुने विश्वास व्यक्त गरे ।