काठमाडौं । प्रहरीले काठमाडौंको सानोभर्याङबाट ८ जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले यातायात कार्यालय सानोभर्याङबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भएका ३६ वर्षीय बल बहादुर सुनार, रामेछाप घर भएका ३९ वर्षीय विज्ञान राई र ३५ वर्षीय रमेश कार्की, तारकेश्वर घर भएका ३१ वर्षीय संजय राजबाहक र नागार्जुन घर भएका ३६ वर्षीय विमल तामाङ छन् ।
त्यस्तै प्रहरीले टीकापुर घर भएका ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, नुवाकोटका ३९ वर्षीय उद्धव खनाल र धादिङ घर भएकी ३६ वर्षीय कल्पना लम्साललाई पनि पक्राउ गरेको छ ।
उनीहरूले सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई हैरान पार्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट प्रहरीले १ लाख २२ हजार नगद र ५३ थान ब्लुबुक बरामद गरेको छ ।


प्रतिक्रिया