प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा

प्रधानन्यायाधीश राउत आजदेखि अनिवार्य अवकाशमा



काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल आजदेखि सकिएको छ । राउत ६५ वर्षे उमेर हदका कारण आज मध्यरातिदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले २०८१ साल असोज २० गते सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।

न्याय परिषद्ले यसअघि भावी प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिश गरेको थियो । परिषद्को बैठकले सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठता क्रमका आधारमा सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिश गरेको हो ।

राउतको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।