काठमाडौं । आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो ।
उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएकाे छ ।


प्रतिक्रिया