काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।
सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउका विषयमा संसद्भित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ ।


प्रतिक्रिया