काठमाडौं । सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बैठक बसिरहेको छ ।
प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो औपचारिक बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि सोही बैठक कसरी सञ्चालन गर्ने भन्ने सहमति जुटाउन सङ्घीय संसद् सचिवालयको आह्वानमा बैठक बसिरहेको हो ।
बैठकमा सहभागी हुन रास्वपाका डीपी डिपी अर्याल, कवीन्द्र बुर्लाकोटी, विपीन आचार्य, समीक्षा बास्कोटा र प्रकाशचन्द्र परियार पुगेका छन् ।
यस्तै, कांग्रेसका मोहन आचार्य, उर्मिला थपलिया, नेकपा (एमाले)का गुरु बराल, गणेश ठगुन्ना, नेकपाका वर्षमान पुन, श्रम संस्कृति पार्टीका आरेन राई र राप्रपाकी खुस्बु ओली उपस्थित भएका छन् ।
सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् ।


प्रतिक्रिया