राष्ट्रियसभामा उपाध्यक्ष र समिति सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति

राष्ट्रियसभामा उपाध्यक्ष र समिति सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति



काठमाडौं । राष्ट्रियसभाले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ ।

बुधबार अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपाध्यक्ष र सभा अन्तर्गतका समितिका सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति जुटाएको हो ।

त्यस्तै, अधिवेशनमा नयाँ निर्वाचित भएर आएका सदस्यहरूलाई समितिमा विभाजन लगायत विषयमा पनि बैठकमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सहभागी थिइन् ।