काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा लेखकको बयान सुरु भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।
ओलीको बयान सुरु भएको छैन । उनलाई सोध्नुपर्ने विषयहरूमा प्रश्न तयार गर्ने क्रम चलिरहेको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।
प्रहरीले मंगलबार काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत पक्राउ गरेको थियो । तर, बेलुकी नै हाजिर जमानतमा छाडिसकेको छ ।


प्रतिक्रिया