कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि जारी

कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि जारी



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज पनि बसिरहेको छ । हिजोबाट सुरु भएको बैठक आजका लागि स्थगित गरिएको थियो ।

पार्टीभित्र बढ्दै गएको विवादका बीच, पूर्णबहादुर खड्का-शेखर कोइराला समूहले छुट्टै छलफल गरेका हुन् ।

धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४औँ केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरू सहभागी छन् । आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी छन्, जो हिजोको बैठकमा उपस्थित थिएनन् ।

हिजो (मंगलबार)को बैठकमा ८४ जना नेताहरू सहभागी भएका थिए भने बैठकमा सहभागिताका लागि ११४ जनालाई जानकारी गराइएको थियो । आजको बैठकमा सरिता प्रसाईँ, गोविन्दबहादुर शाह र गोमा भट्टराई पनि उपस्थित छन् ।