सभामुखको निर्वाचन २२ गते गर्ने सर्वदलीय बैठकमा सहमति

सभामुखको निर्वाचन २२ गते गर्ने सर्वदलीय बैठकमा सहमति



काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन २२ गते हुने भएको छ । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा २२ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

प्रतिनिधि सभाको पहिलो बैठकमा निर्वाचनसम्बन्धी प्रस्ताव हुने २० गते मनोनयन हुने उनले बताए । रास्वपाले उपाध्यक्ष डीपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ ।

यस्तै, बिहीबार (चैत १९) को प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको तालिका प्रस्तुत गर्ने र विगतका सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि सोही बैठक कसरी सञ्चालन गर्ने भन्ने सहमति जुटाउन सङ्घीय संसद् सचिवालयको आह्वानमा बैठक बसिरहेको हो ।