काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो ।
दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निरज आचार्यको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
सुहाङ इलाम २ बाट निर्वाचित सांसद हुन् भने बादल भने समानुपातिक निर्वाचित सांसद हुन् ।


प्रतिक्रिया