काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध दलको नेता चयन गरेको थियो ।
संसदीय दलको नेतामा निर्वाचित सांसद सुहाङ नेम्बाङले आकांक्षा राखेका थिए । तर उनले प्रस्तावक र समर्थक समेत नपाउने गरी नेताहरूले आन्तरिक चलखेल गरेपछि थापा निर्विरोध भएका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले भर्खर सम्पन्न निर्वाचनबाट गम्भीर धक्का लागेको बेला दलको नेता छनोट प्रक्रियाले सिङ्गो पार्टी पङ्क्तिलाई चिन्तित बनाएको बताएका छन् ।
‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिङ्गो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छ’, उनले लेखेका छन् ।
केहि दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो त्यो राम्रो नभएको उनले बताएका छन् ।


प्रतिक्रिया