पेरिसडाँडामा नेकपाको कार्यसंयोजन समितिको बैठक जारी

पेरिसडाँडामा नेकपाको कार्यसंयोजन समितिको बैठक जारी



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजन समितिको बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे बैठकमा निर्वाचनको समीक्षा, समसामयिक घटनाक्रम लगायत विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

नेकपाले कार्य संयोजन समितिको बैठक पहिलो पटक बोलाएको हो । साबिक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ घटक मिलेर नेकपा गठन गरेको थियो ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले प्रत्यक्षमा ८, समानुपातिकमा ९ सिट गरी जम्मा १७ सिट जितेको थियो ।