प्रतिनिधिसभाकाे पहिलो बैठकमा रास्वपालाई २५, श्रम संस्कृतिलाई सात मिनेट बाेल्ने समय

प्रतिनिधिसभाकाे पहिलो बैठकमा रास्वपालाई २५, श्रम संस्कृतिलाई सात मिनेट बाेल्ने समय



काठमाडौं । प्रतिनिधिसभाकाे पहिलो बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्ने तय छ ।

अधिवेशनको आरम्भमा दलीय आधारमा सम्बोधन गर्ने परम्परा छ । यस दिन सम्बोधनका निम्ति सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २५ मिनेटको समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई १०, नेकपा (एमाले)लाई आठ मिनेट समय निर्धारण गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सात/सात मिनेट समय उपलब्ध गराइने तय छ । स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।