राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा दंगाल चयन

राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा दंगाल चयन



काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेको दलको नेतामा सांसद डा प्रेम दंगाल चयन भएका छन् ।

प्रतिनिधिसभामा एमालेको दलको नेतामा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएपछि उनको प्रस्तावमा राष्ट्रियभाको दलको नेतामा डा दंगाल चयन भएका हुन् ।

दंगालले सभामा दलका तर्फबाट समन्वय बढाउँदै अब क्रमशः प्रमुख सचेतक र सचेतक चयन हुने जानकारी दिए । राष्ट्रियसभामा एमालेका १० जना सांसद छन् ।