डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने

डुम्रे–बेँसीसहर सडक दैनिक ८ घण्टा बन्द हुने



बेँसीसहर । डुम्रे–बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति भोलि चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म र बेलुका ५ देखि ९ बजेसम्म सडक बन्द हुनेछ । कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सबैलाई आग्रह समेत गरेको छ ।