काठमाडौं । नयाँ सभामुखको शपथ पर्सि आइतवार दिउँसो ३ बजे हुने भएको छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको आज एकल मनोनयन दर्ता भएको छ ।
राष्ट्रपति कार्यालयले आइतवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सभामुखलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको जानकारी दिएको छ ।
आइतवार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट अर्याललाई प्रक्रिया पूरा गरेर सभामुखमा निर्वाचित भएको घोषणा गरिनेछ । त्यसपछि राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ कार्यक्रम हुनेछ ।


प्रतिक्रिया