राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलको नेतामा सुवेदी नियुक्त

राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलको नेतामा सुवेदी नियुक्त



काठमाडौं । राष्ट्रिय सभाका लागि नेकपाले संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेकाे छ ।

संघीय संसद्मा दलका नेतासमेत रहेका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार झक्कुलाई राष्ट्रिय सभा दलको नेता चयन गरेको पत्र थमाएका हुन् ।

यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए । तर कार्यकाल सकिएपछि उनी फागुन २१ को चुनाव लड्न गएका थिए ।

त्यसयता खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् । राष्ट्रिय सभामा नेकपा अहिले पनि कांग्रेसपछि दोस्रो ठूलो दलको हैसियतमा छ ।