सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली

सभामुख डोलप्रसाद अर्यालले गरे पद बहाली



काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदबहाली गरेका छन् । उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका हुन् ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए । उनी सभामुखमा निर्विरोध भएका थिए ।

धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए ।