दीपक खड्काविरुद्ध ७ दिन म्याद थप

दीपक खड्काविरुद्ध ७ दिन म्याद थप



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।

चैत १५ गते पक्राउ परेका उनलाई आज दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि अदालतले ७ हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काकाे भदौ २४ गतेको जेनजी आन्दोलनमा उनको घरमा बरामद भएको र जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।