काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ ।
आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो । आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन् । बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
भदौ २३ र २४ को घटनासँग सम्बन्धित बनेको जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकमाथि अनुसन्धान र अभियोजन गर्न भनेर प्रहरीले दुवैलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो ।


प्रतिक्रिया