युट्युबर रतन कार्की र मिन गुरुङविरुद्ध साइबर ब्युरोमा उजुरी

युट्युबर रतन कार्की र मिन गुरुङविरुद्ध साइबर ब्युरोमा उजुरी



काठमाडौं । युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । ‘साइबर बुलिङ’को सिकार भएकी अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै उनीहरू विरुद्ध उजुरी दिएकी हुन् ।

आइतबार आफ्नी आमासहित ब्युरो पुगेकी अमिशाले कार्की र गुरुङका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता र कन्टेन्ट क्रिएटर विरुद्ध पनि उजुरी दर्ता गराएकी छिन् । आफूसँग असम्बन्धित विषयमा भ्रामक सामग्री बनाएको र बुबाले गाली गरेको भन्दै झुटो प्रचार गरेको उनको आरोप छ ।

रतन कार्की र मिन गुरुङ लगायत विरुद्ध परेको उजुरीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।