काठमाडौं । नेकपा (एमाले) समर्थनक जेन–जी अभियन्ता अमिसा पराजुलीमाथि भएको साइबर आक्रमणको विषय संसदमा प्रवेश गरेको छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद विष्णुमाया बिकले सो विषय प्रवेश गराएकी हुन् ।
‘अमिसा पराजुलीलाई साइबर हमला गरिएको छ । साममजिक सञ्जालमा सामुहिक बलात्कालनको धम्की दिएको सुन्छौं,’ उनले संसदमा भनिन् ।
सांसद बिकले समाजिक सञ्जाललाई नियमन गर्न आग्रह गरिन् । ‘आज सामाजिक सञ्जाल हेरिनसक्नु छ, तथानाम गाली गरिएको हुन्छ महिलाहरूलाई, नेकपा एमालेको विरुद्ध पनि त्यसरी नै खनियो चुनावको बेलामा जसले नेकपा एमालेलाई पछाडि पार्ने कोसिस गर्यो’, बिकले भनिन् ।
उनले सरकरलाई सामाजिक सञ्जाल नियमन गर्न मा गरेकी छन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग पनि गरेकी छन् । सांसद विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन ।
‘हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस्,’ उनले भनिन् ।


प्रतिक्रिया