काठमाडौं । रास्वपाका सांसद मनिष झाले प्रश्नको अस्तित्व नभएपछि जनता सदनमा छिर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रसङ्गलाई कोट्याए ।
उनले भने, ‘सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ २४ गते देख्यौँ । बालुवाटार, राष्ट्रपति कार्यालय, अरू अरू ठाउँ भन्दा पहिलो जनताको प्रस्तुति र उपस्थिति यहीँ देखियो, सदनमा देखियो ।’
उनले जनताको प्रश्नले अस्तित्व पाउनुपर्ने बताए । उनले अगाडि भने, ‘सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नलागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ ।’


प्रतिक्रिया