काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न आदेश गरेको छ ।
जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेकाे थियाे ।
न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको यस्तो आदेशले २६ चैतमा ओली र लेखक हिरासतमुक्त हुनेछन् ।
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्री रहेका उनीहरूले लापरवाही गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया