काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हिजो बेलुकी र राति पानी परेको छ । आज पनि धेरै ठाउँमा पानी पर्ने र आजभन्दा भोलि अझै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै ठाउँहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरूमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक/दुई ठाउँमा भने ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया