राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो । भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समय अघि मात्रै अवकाश लिएका थिए ।