विधायन समितिको सभापतिमा चौधरी निर्विरोध निर्वाचित

विधायन समितिको सभापतिमा चौधरी निर्विरोध निर्वाचित



काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जसपा नेपालकी सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।

समितिका ज्येष्ठ सदस्य गोपालकुमार बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव राखेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

समिति सभापतिमा सर्वसम्मत भएपछि चौधरीले देश र जनताको हितमा कानुन तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन, अनुसन्धानसहित निष्पक्ष तरिकाले जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।